शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वतन्त्रको भेला १८ र १९ असारमा, सहभागी हुन १५ सय तिर्नुपर्ने

स्वतन्त्रको भेला १८ र १९ असारमा, सहभागी हुन १५ सय तिर्नुपर्ने

स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेलामा उपस्थित हुन चाहनेले १५ सय रुपैयाँ​ तिर्नुपर्ने भएको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेलामा उपस्थित हुन चाहनेले १५ सय रुपैयाँ​ तिर्नुपर्ने भएको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ।

उक्त भेलामा सहभागी हुनका लागि असार १० गतेसम्म अनलाइन फारम भरिसक्नुपर्ने आयोजकले जनाएको छ।

सहभागी हुने र सहयोग गर्नेले छुट्टाछुट्टै क्यु आर कोड स्क्यान गर्नुपर्ने आयोजकको भनाइ छ।

सहभागी हुन चाहनेले क्यु आर कोडमार्फत पैसा तिर्नुपर्ने छ। सोही रकमभित्र रहेर दुई दिनका लागि बिहानको खाजा, दिउँसोको खाना र अपराह्नको चियाको व्यवस्था गरिने बताइएको छ।

स्थानीय तहमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा तय गर्ने उदेश्यका साथ भेला आयोजना गरिने आयोजकले  जनाएको छ।

प्रकाशित: Jun 10, 2022| 10:39 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।