शनिबार, साउन २३, २०८३

धादिङमा पहिरोले घर पुर्‍यो, एक जना बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुर्दा एक जना बेपत्ता भएका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुर्दा एक जना बेपत्ता भएका छन्। 

पहिरोमा परी ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राम थापाले बेपत्ता खाणको खोजिकार्य जारी रहेको बताए। 

गएरातिको अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएको लेदोले घर पुरिएको प्रहरीले जनाएको छ। 

घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरू सकुशल रहेका छन्। ठूलो पहिरोले घर पुरिएकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ। स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ।

प्रकाशित: Jun 10, 2022| 09:19 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।