शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँपालिका इञ्जिनियरलाई कुटपिट गर्ने दुई जना पक्राउ

गाउँपालिका इञ्जिनियरलाई कुटपिट गर्ने दुई जना पक्राउ

तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

बागलुङ- तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

तमानखोला गाउँपालिका-१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तमानखोला गाउँपालिका-१ मा रहेको बुद्ध आधारभूत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरूले यही जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुनकुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थिए।

नियन्त्रणमा लिइएका दुवैविरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रकाशित: Jun 10, 2022| 09:26 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।