बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँबुखैरेनी पहिरो : पुरिएको कार र मोटरसाइकलको नम्बर खुल्यो, दुई जनाको शव फेला

आँबुखैरेनी पहिरो : पुरिएको कार र मोटरसाइकलको नम्बर खुल्यो, दुई जनाको शव फेला

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाइकल त्रिशूली नदीमा खसेको पाइएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

गोरखा- पृथ्वीराजमार्गअन्तरगत  मुग्लिन-आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाइकल त्रिशूली नदीमा खसेको पाइएको छ।

National life

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बा१०च ४६४९ नम्बरको कार र बा३३प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै नदीमा खसेको पाइएको छ।

प्रहरीले त्रिशूली किनारमा दुई जनाको शव फेला परेको जनाएको छ। कारमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा सवार व्यक्ति भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

अविरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहानदेखि दुई तर्फी सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ।

सडक मर्मत गर्न समय लाग्ने जनाउँदै प्रहरीले उक्त रुट भएर सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

Shivam cement

प्रकाशित: Jun 10, 2022| 09:10 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।