बिहीबार, असार ४, २०८३

सरकारी वकिल कार्यालयमा थुनुवाको मृत्यु

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा एक थुनुवाको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

विराटनगर- जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा एक थुनुवाको मृत्यु भएको छ। 

National life

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका मोरङको केराबारी गाउँपालिका-२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो। 

जेठ २५ गते ठकुरीलाई घरबाटै प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। 

अनुसन्धान यसअघि नै सकिएको ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई अदालत उपस्थित गराउन पुनः प्रहरीले पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालयको सोधपुछ कक्षमा राखिएका बेला अचानक फिँज काड्दै बेहोस भएपछि उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो। 

अस्पताल भर्ना गरिएको एक घण्टापछि उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। 

Shivam cement

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई गत वर्षको माघमा आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको हो।  प्रहरीले पक्राउ गरेर अनुसन्धानअघि बढाउने क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिरजमानीमा छाडिएको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 10, 2022| 09:37 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।