शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँबुखैरेनी पहिरो : मृत्यु भएका दुईमध्ये एक जनाको सनाखत

आँबुखैरेनी पहिरो : मृत्यु भएका दुईमध्ये एक जनाको सनाखत

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा दुर्घटनामा परी ज्यान गुमाएका दुई जनामध्ये एक जनाको सनाखत भएको छ
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा दुर्घटनामा परी ज्यान गुमाएका दुई जनामध्ये एक जनाको सनाखत भएको छ। मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ। 

सडक भासिएपछि मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको थियो। कार मानिससहित पहिरोमा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बा१०च ४६४९ नम्बरको कार र बा३३प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै नदीमा खसेको थियो।

कारमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा सवार व्यक्ति भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।

प्रकाशित: Jun 10, 2022| 10:56 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।