आइतबार, जेठ १७, २०८३

आगलागीबाट जलेर दुई घर नष्ट

गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ। पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११:३० बजे आगलागी भएको थियो।
 |  शुक्रबार, जेठ २७, २०७९

रासस

रासस

शुक्रबार, जेठ २७, २०७९

कर्णाली- गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ। पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११:३० बजे आगलागी भएको थियो। 

National life

उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन्। प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ। 

त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेँसी नगरपालिका-३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ।

राति ११:३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Shivam cement

प्रकाशित: Jun 10, 2022| 10:30 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।