बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नो ज्यान लिने प्रयास भएको भन्दै सांसद चौधरीले मागिन् न्याय

आफ्नो ज्यान लिने प्रयास भएको भन्दै सांसद चौधरीले मागिन् न्याय

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद चन्दा चौधरीले असार २७ गते आफ्नो घरमा भएको हमलाको निन्दा गरेकी छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद चन्दा चौधरीले असार २७ गते आफ्नो घरमा भएको हमलाको निन्दा गरेकी छन्।

National life

उनले आफ्नी आमालाई धम्कि दिँदै केही हतियारधारीले आफूलाई मार्ने धम्की दिएको बताएकी छन्। 'उनीहरूलाई  कस्तो कारबाही हुँदैछ। २७ वर्षअघिदेखि मेरो  घरमा आक्रमण हुँदै आएको हो। २०५४ सालमा मेरो दाइ कांग्रेसको नेता हुँदा हुनुहुन्थ्यो। उहाँलाई बेपत्ता पारियो। फेरि ममाथि आक्रमणको प्रयास भयो। हामीलाई न्याय चाहियो,' उनले भनिन्।

उनले असार २७ गते ४० मिनेट आफू घरभित्र थुनिएर सुरक्षित रहेको बताएकी छन्। उनले आफ्नै घरमा थुनिएर ज्यान जोगाउनु निकै दुखद भएको बताएकी छन्।

उनले घटनामा संलग्नहरूलाई कानुन बमोजिम कारबाही गर्न माग गरेकी छन्। प्रहरी प्रशासनसँग दोषीहरू सबैको भिडियो रहेको दाबी गर्दै चौधरीले घटनामा संलग्नहरूको पहिचान गरी कारबाही हुनुपर्ने बताएकी हुन्।

प्रकाशित: Jun 10, 2022| 11:39 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।