डोटीमा धारामा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा आदर्श गाउँपालिका ७ नवाघरका मानबहादुर बाघकी २६ वर्षीया पत्नी तुलसी थापा बाघ रहेकी छिन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गर्ने घोषणा गरेका छन्। विषेश गरी बसाइँ सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् ।
कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्।