मंगलबार, भदौ ९, २०८३

आज ३३१ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८,६०५

पछिल्लो २४ घण्टामा देशभर ३३१ जना कोरोना संक्रमित थप भएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २४ वटा प्रयोगशालामा ७ हजार ४१६ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ। त्यस्तै ४ हजार ४२६ जनाको आरडीटी बिधिबाट कोरोना परीक्षण गरिएको छ।

हालसम्म पीसीआर बिधिबाट १ लाख ६९ हजार १६५ कोरोना परीक्षण गरिएको छ। त्यस्तै हालसम्म आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

हालसम्म मुलुकभर १ लाख २ हजार २४५ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसन छन्।

आज मात्रै १७६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने हालसम्म १ हजार ५७८ जना कोरोनामुक्त भई फर्किएका छन्।

संक्रमणमुक्त हुनेमा १४१ जना महिला र १ हजार ४३७ जना पुरुष रहेका छन्।

प्रकाशित: Jun 20, 2020| 16:30 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।