मंगलबार, भदौ ९, २०८३

दक्षिण कोरियाबाट २२८ नेपाली फर्किए, २३३ उडे

लकडाउने गर्दा दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपाली शनिबार स्वदेश फर्किएका छन्। सोही विमान २३३ नेपाली कामदार लगेर फर्किएको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- लकडाउने गर्दा दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपाली शनिबार स्वदेश फर्किएका छन्। सोही विमान २३३ नेपाली कामदार लगेर फर्किएको छ।

कोरियन एयरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका नेपालीलाई लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्।

गैरआवसीय नेपाली संघ, एनआरएनए दक्षिण कोरियाको संयोजनमा यो उडान भएको हो। यसअघि एनआरएनए कोरियाले उद्धार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्ध भएको थियो।

कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेठ ११ गतेदखि नै सूचना सार्वजनिक गरी विवरण संकलन गरेको थियो। जेष्ठ २७ गतेसम्म ९ सय ७२ जनाले फारम बुझाएका थिए।

सरकारले कोरोनाका कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार नेपालीलाई घर फर्काउने निश्चित भएपछि कोरियाबाट उद्धार गर्नुपर्ने ९ सय ७२ जनाको सूची नेपाली राजदूतावास सिओलले नेपाल सरकारलाई पठाएको थियो ।

सरकारले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, गर्भवती, बिरामी, परिवारलाई भेट्न गएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली लगायत नेपाल फर्कनै पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ।

प्रकाशित: Jun 20, 2020| 15:10 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।