विराटनगर– प्रदेश १ मा शनिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा २ र झापामा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरको रतुवामाईमा ८ पुरुष, सुनसरीको कोशी गाउँपालिकामा २ महिला र झापाको गौरीगञ्जमा १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३३ पुगेको छ ।
प्रदेश १ मा १८ हजार १६१ जनाको स्वाव संकलन गरिएको छ । शनिबार ३५६ जनाको स्वाव संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १६ हजार ५१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये १ हजार २०९ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेश १ बाट शनिबार सम्म १६ हजार ५ सय ७६ जनाको आरडिटी गरिएको छ ।