प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।
विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने प्रावधानसहितको नागरिकता ऐन संशोधन प्रस्तावविरुद्ध प्रदेश २ का विभिन्न जिल्लाहरुमा भएको छ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्राबधानसहित संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता संशोधन विधेयक पारित भएको छ।
अंगीकृत नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णयले लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता बढाउने भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले वर्तमान प्रावधान नै कायम राख्नुपर्ने अडान दोहोर्याएका छन्।
गलत दरबन्दी चार्ट तयार गरी तलब निकास मागेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
डोटीमा सामुदायिक वनको काठ हिनामिना गरेको अभियोगमा एक प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।