मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर ४२१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

देशभर ४२१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको काेराेना परीक्षण गरिएको छ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ९४ हजार ९२८ व्यक्ति रहेका छन्। त्यस्तै ७ हजार २३१ जना आइसोलेसनमा छन्। आइसाेलेसनमा रहेकाहरु काेराेना संक्रमित हुन्।

काेराेना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ रहेको छ। जसमा १ हजार ६२३ पुरुष र १४९ जना महिला छन्।

प्रकाशित: Jun 21, 2020| 16:30 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।