मंगलबार, भदौ ९, २०८३

चौरहजारी घटनाको थुनछेक बहस आज पनि सकिएन

गएको जेठ १० गते शनिबार ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको आज आइतबार पनि थुनछेक बहस सकिएन।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

गएको जेठ १० गते शनिबार ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको आज आइतबार पनि थुनछेक बहस सकिएन।

जिल्ला अदालतमा दिनभर चलेको बहस सोमबार पनि निरन्तर हुने अदातले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता विनोद पौडेलले आइतबार बहस नसकिएको जानकारी दिए। केही कानुन व्यवसायीले बहस गर्न बाँकी रहेकोले बहस सोमबार पनि निरन्तर हुने पौडेलले बताए।

उनका अनुसार आइतबार १७ जना कानुन व्यवसायीले बहस सकेका छन्। शुक्रबार ७ जना र आइतबार १० जना कानुन व्यवसायीले बहस गरेका छन्। सोमबार थुनछेकको आदेश आउन सक्ने सम्भावना रहेको उनले बतए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी प्रेमिका लिन जेठ १० गते १९ युवा लिएर गएका जाजरकोटका नवराज विकसहित ६ जनाको शव भेरी नदीमा भेटिएको थियो।

उक्त घटनामा सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्दामा अभियोग पत्र दर्ता गरेको छ। अभियुक्त मध्ये २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन्।

प्रकाशित: Jun 21, 2020| 17:51 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।