मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा १५ जना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा आइतबार १५ कोरोना संक्रमित थपिएका छन् ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

विराटनगर– प्रदेश १ मा आइतबार १५ कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा २, झापामा ७, उदयपुरमा ४ र मोरंगमा २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१, झापाको अर्जुनधारामा ३, कनकाईमा १, मेची नगरमा २, उदयपुरको उदयपुरगढीमा २, त्रियुगा नगरपालिकामा २, कटारीमा १ र मोरंगको सुन्दरहरैचामा २ जनामा संक्रमण देखिएको छ ।

आइतबार थपिएकामा ६ महिला र ९ पुरुष छन् । १५ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ । प्रदेश १ बाट १ जना डिस्चार्ज भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापा कचनकवलका १ जना डिस्चार्ज भएका हुन । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ सय ३५ पुगेको छ ।

प्रकाशित: Jun 21, 2020| 18:00 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।