मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ लाख हिनामिना गरेको अभियोगमा प्रधानाध्यापकविरुद्ध मुद्दा

६ लाख हिनामिना गरेको अभियोगमा प्रधानाध्यापकविरुद्ध मुद्दा

विद्यालयको ६ लाख रकम हिनामिना गरेको अभियोगमा पर्साका एक विद्यालयका प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- विद्यालयको ६ लाख रकम हिनामिना गरेको अभियोगमा पर्साका एक विद्यालयका प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गुप्ताले जिल्ला शिक्षा कार्यालयबाट भवन र शौचालय निर्माणका लागि प्राप्त रकममध्येबाट ६ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कुल १६ लाख रकममध्ये आफ्नो नाममा पाँच लाख र विश्वनाथ साह कानुका नाममा एक लाख निकासा गरी फरार रहेको खुलेको छ।

प्रकाशित: Jun 21, 2020| 16:00 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।