मंगलबार, भदौ ९, २०८३

एकदिने झरीले भाँच्चियो साढे ८ करोडको पक्की पुल

रुपन्देहीमा एक दिन परेको झरीले साढे ८ करोडको लागतमा निर्माणाधीन पक्की पुल भाँच्चिएको छ। गएको मंगलबार दिनभर परेको झरीले पक्की पुल भत्किएको हो।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

रुपन्देहीमा एक दिन परेको झरीले साढे ८ करोडको लागतमा निर्माणाधीन पक्की पुल भाँच्चिएको छ। गएको मंगलबार दिनभर परेको झरीले पक्की पुल भत्किएको हो।

आर्थिक वर्षको अन्त्यमा आएर हतारहतारमा गरिने कामको परिणामस्वरुप रुपन्देहीको सियारी गाउँपालिका र मायादेवी गाउँपालिका जोड्ने गरी दानव नदीमा निर्माणाधीन पक्की पुल भत्किएको छ। मंगलबार दिनभरि आएको झरीका कारण दानव नदीमा बढेको पानीको बहावले उक्त भाँच्चिएको बताइएको छ ।

२०७३ असार ३० मा ठेक्का सम्झौता गरिएको उक्त पुल गएको २०७७ वैशाख १५ गते सम्पन्न हुनुपर्ने थियो। तर विभिन्न कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरेको उक्त पुल यही जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो ।

यो पद्धति ढलानमा नयाँ हो । यसमा डन्डीको प्रयोग कम हुने हुँदा अन्य प्रविधिभन्दा सस्तो हुने गर्छ । यो प्रविधिमा बिममा प्वाल छाड्ने र लठ्ठा घुसाएर लठ्ठाले दुवैतिर अडाउने गरिन्छ ।

ढलान गरेको १३ औं दिनमै पुल भाँच्चिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनीले बताए । ८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल ६० मिटर लम्बाइको छ ।

प्रकाशित: Jun 21, 2020| 15:10 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।