मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठ तस्करीको आराेपमा प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध मुद्दा

काठ तस्करीको आराेपमा प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध मुद्दा

डोटीमा सामुदायिक वनको काठ हिनामिना गरेको अभियोगमा एक प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- डोटीमा सामुदायिक वनको काठ हिनामिना गरेको अभियोगमा एक प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

इलाका प्रहरी कार्यालय बीपीनगरका प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर साउदविरुद्ध अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।

दुई जना मिलेर सामुदायिक वनको काठ हिनामिना गरेको भन्दै अख्तियारले जनही ६१ हजार २० रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रहरी निरीक्षक बोहोराले अवैध काठ तस्करी गरेर ट्याक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले नियन्त्रणमा लिएका थिए।

स्थानीयले काठ नियन्त्रणमा लिएपछि बोहोराले ढाकछोप गर्न उपभोक्ता समितिलाई दबाव दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

यस्तै अध्यक्ष साउदले इलाका प्रहरी कार्यालय बीपीनगरलाई बिना छुटपुर्जी काठ दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको हिनामिना गरेको गरेको अभियोग लागेको छ।

प्रकाशित: Jun 21, 2020| 14:55 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।