मंगलबार, भदौ ९, २०८३

‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि जनशक्ति थपिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार १ हजार ७५ जनाको नयाँ टिम गठन गरिँदैछ।

यसअघि कन्याक्ट ट्रेसिङ लागि २ हजार १५० जनाको टिम थियो।

यसका लागि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भइसककेको छ। नेपालमा अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ गरिएका ९८ प्रतिशत मानिसहरुमा कोरोनाको लक्षण देखिएको छैन।

नेपालमा हाल देखिएका संक्रमितमध्ये ९५ प्रतिशत मानिसहरु भारतबाट आएका छन्। त्यसमा पनि १५ देखि ५४ वर्ष उमेरसमूहका छन्।

डा. पाण्डेले कोरोना अहिलेसम्म समुदायमा धेरै फैलिनसकेको जानकारी दिए। समुदायस्तरमा संक्रमण फैलन नदिन कन्ट्राक्ट ट्रेसिङको लागि जनशक्ति थप गरिएको उनले बताए।

प्रकाशित: Jun 21, 2020| 16:55 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।