मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता संशोधन विधेयक राज्य व्यवस्था समितिबाट बहुमतका आधारमा पारित

नागरिकता संशोधन विधेयक राज्य व्यवस्था समितिबाट बहुमतका आधारमा पारित

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्राबधानसहित संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता संशोधन विधेयक पारित भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्राबधानसहित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता संशोधन विधेयक पारित भएको छ।

सत्तारुढ नेकपाले गरेको निर्णयअनुसार आइतबार समितिको बैठकबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने व्यवस्थासहितको नागरिकता संशोधन विधेयक बहुमतको आधारमा पारित भएको हो।

संशोधन गर्न लागिएको ऐनमा नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध राखेका विदेशी महिलाले ७ वर्ष निरन्तर नेपालमा स्थायी बसोबास गरेपछि अंगिकृत नागरिता प्राप्त गर्नेछन्।

७ वर्ष निरन्तर नेपालमै बसेको पुष्टिका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ।

त्यस्तै त्यसअघि कुनै देशको नागरिकता लिएको भए नागरिकता त्यागेको हुनुपर्नेछ।

त्यस्ता महिलालाई नागरिकता प्राप्त नगरुन्जेलसम्मका लागि सरकारले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्नका लागि स्थायी आवसीय अनुमति पत्र दिनेछ।

यो प्राबधानसहितको संशोधन विधेयकका पक्षमा नेकपामा सांसदहरुले मतदान गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विपक्षीमा मतदान गरेका छन्।

यसअघि आइतबार नै नेपाली कांग्रेसले उक्त प्रस्तावमा असहमति जनाउँदै आफ्नो फरक मत दर्ता गराएको थियो।

कांग्रेस र जसपाले नागरिकता ऐन २०६३ अनुसार नेपाली पुरुषसँग विवाह गरेपछि विदेशी महिलाले सम्बन्धित देशको नगारिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि नेपाली नागरिकता प्राप्तिको प्रक्रिया सुरु गर्न पाउने व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: Jun 21, 2020| 18:21 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।