मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

क्वारेन्टिनबाट घर फर्किएका सुर्खेतका एक युवकको मृत्यु भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सुर्खेत- क्वारेन्टिनबाट घर फर्किएका सुर्खेतका एक युवकको मृत्यु भएको छ।

भेरीगंगा–५ भर्रेनीका युवकको आज (आइतबार) बिहान मृत्यु भएको हाे। कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिने भएको छ।

नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाका अनुसार पीसीआर रिपोर्ट आएपछि मात्रै मृतकको दाहसंस्कार गरिने छ।

मृतक युवक छिन्चुस्थित शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका थिए।

भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यका अनुसार आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

मृतक युवक जेठ १६ गते भारतबाट फर्किएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले मृतककाे स्वाव संकलनका लागि स्वास्थ्यकर्मीको टोली भर्रेनी पुगेको जानकारी दिए।

स्वास्थ्यकर्मीका अनुसार मृतक युवालाई झाडापखाला देखिएको थियो।

प्रकाशित: Jun 21, 2020| 15:28 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।