मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षण गर्न १५ दिनलाई स्वास्थ्य उपकरण मौज्दात

कोरोना परीक्षण गर्न १५ दिनलाई स्वास्थ्य उपकरण मौज्दात

अहिलेकै संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने हो भने सरकारसँग १५ दिनका लागि पुग्ने स्वास्थ्य उपकरण मौज्दात छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- अहिलेकै संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने हो भने सरकारसँग १५ दिनका लागि पुग्ने स्वास्थ्य उपकरण मौज्दात छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल भने असार १५ गतेदेखि दैनिक १० हजारका दरले नमुना परीक्षण गर्ने तयारी रहेको बताउँछन्।

यति बेला मुलुकभरका २२ प्रयोगशालाबाट दैनिक ७ हजार हाराहारीमा कोरोना भाइरसको नमुना परीक्षण भइहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या भदौसम्म ३९ हजार पुग्ने अनुमान गरेको छ।

मन्त्रालयले आगामी भदौसम्म भारतसहित विदेशबाट फर्कने नेपालीको आंकलन गरी यस्तो अनुमान गरेको हो।

स्वास्थ्यमन्त्री ढकालले असार १५ भित्र दैनिक कम्तीमा १० हजार संख्यामा परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गर्न लागिएको बताए।
उनले भने, 'नयाँ मेसिन थपेर होस् वा निजी प्रयोगशालासँग भएका मेसिनबाट प्रतिदिन १० हजार परीक्षण गर्ने तयारीमा छौं।' 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले तत्कालका लागि स्वास्थ्य सामग्री अभाव नभए पनि मौज्दात सामग्री चाँडै सकिने बताए।

उनका अनुसार संघ, प्रदेश र स्थानीय तहमा पीसीआर रिएजेन्ट ७२ हजार ५००, पीसीआर रिएजेन्ट पोर्टेबल १ हजार ८ थान, आरडीटी ६४ हजार ६०९ थान, आरएन एक्सट्रयाक्सन पोर्टेबल संघ, प्रदेश र स्थानीय तहका स्टोरमा गरी १७ हजार ९८० वटा मौज्दात छ।

यस्तै आरएन एक्सट्रयाक्सन किट ३८ हजार ७४६ वटा, भीटीएम किट ३० हजार १४६ वटा मौज्दात छ।

महानिर्देशक सिंहका अनुुसार यी उपकरण बढीमा १५ दिनमा सकिने बताए।

विभागका अधिकारी केही दिनमा थप स्वास्थ्य सामग्री आयात हुने बताउँछन्। तर कहिलेसम्म आइपुग्छ भन्ने टुंगो नभएको उनीहरुको भनाइ छ।
विभागसँग अहिले २ लाख २८ हजार ४६९ एन् ९५ मास्क, ३३ हजार ९६ हजार ४२४ थान सर्जिकल मास्क मौज्दात छ।

आइतबारसम्म ९ हजार २६ संक्रमित भएका छन्। तीमध्ये १ हजार ७७२ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Jun 21, 2020| 18:20 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।