मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला हिंसा रोक्न संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

महिला हिंसा रोक्न संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।

लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले गृहमन्त्रीको ध्यानाकर्षण गराउन सो प्रस्ताव दर्ता गराएका हुन्।

संविधानको मर्म र भावनाअनुुरुप क्वारेन्टिनको मापदण्डमै महिलाका लागि विशेष सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालबालिका माथि हुने बलात्कारका घटना रोक्नका लागि सरकारले टोलटोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुुपर्ने, महिलाको न्यायमा सुुनिश्चित गर्नका लािग बलात्कारका घटनाको उजुरी गर्नका लागि टोलटोलमा हटलाइन सेवाको व्यवस्थापन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुुरुप क्वारेन्टिनको व्यवस्थापन महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री हुुनुुपर्ने, पीडितको र निजको आश्रित परिवारको सुरक्षा र राहत कोषको तत्काल व्यवस्था गर्नुपर्ने, लकडाउनमा महिलामाथि भएका घटनाको एकीकृत तथ्याङ्कको अभिलेख राख्न र अनुुसन्धान प्रक्रियालाई छिटोछरितो र सहज तरिकाले अगाडि बढाउन प्रहरी, महान्याधिवक्ताको कार्यालयलाई निर्देशन दिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

बलात्कारको घटनामा पीडित भएका व्यक्तिलाई लकडाउनका समयमा शारीरिक जाँचका लागि अस्पताल आउने वातावरण तयार गर्ने र कोरोना सङ्क्रमितको उपचार भएको अस्पतालभन्दा अन्य अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने, अपराधीलाई सजाय दिलाई पीडितको क्षतिपूर्तिको सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

स्थानीय तहसँग समन्वय गरी स्थानीय तहमै पीडितका लागि मनोपरापमर्श सेवा, निःशुुल्क कानूनी सेवा र प्रमाणको सुुरक्षा, साक्षीको संरक्षणका लागि प्रहरी निकाय र स्थानीय तहलाई समन्वय गर्न निर्देशन गर्नुपर्ने र न्याय सम्पादन दुु्रतगतिका माध्यमबाट मुुद्दाको प्रक्रियालाई सहज बनाउने सम्बन्धमा पनि ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित: Jun 22, 2020| 06:58 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।