बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १,२४५ पुग्याे

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १,२४५ पुग्याे

कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्।
 |  शनिबार, असार ६, २०७७

देव राना

देव राना

शनिबार, असार ६, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्।

National life

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १२ सय ४५ जना पुगेको छ। 

संक्रमित हुनेमा जाजरकोटको बारेकोट गाउँपालिका ५ का १ जना छन्। यस्तै दैलेखको भैरवी गाउँपालिका १ का एक जना, वडा ४ का दुई जना, गुराँस गाउँपालिका ५ का एकजना, महावु गाउँपालिका २ का तीन जना, वडा ३ का चार जना, वडा ४ र ५ का एकएक जना, वडा ६ का दुई जना तथा नौमेले गाउँपालिका ५, नारायण नगरपालिका ३ र ८ का एकएक जना छन्।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका ३ र ४ मा एकएक जना, वडा १ र ९ मा दुईदुई जना, वडा २ र ६ मा तीनतीन जना, बागचौर नगरपालिका वडा १२ मा चार जना, सिद्धकुमाख गाउँपालिका २ मा एक जना, वडा ४ मा दुई जना, त्रिवेणी गाउँपालिका १, २, ३ मा एकएक जना, त्रिवेणीकै वडा ६ र कालिकामाटी गाउँपालिका ५ मा दुईदुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

त्यस्तै आज प्रदेश अस्पताल सुर्खेतबाट सातजना, लेकबेसी नगरपालिकाको आइसोलेसन सेन्टरबाट दुई जना गरी नौ जना कोरोना संक्रमण मुक्त भएका छन्। कर्णाली हालसम्म पाँच सय १७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 20, 2020| 16:05 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।