नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्।
नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्।
२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै लामासहित छिरिङ पाल्देन लामासमेतलाई जिल्ला अदालतले दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
मान्छे देख्यो कि कुटिहाल्ने स्वभाव रहेछ, परिवारले उनलाई बाँधेर राखेका रहेछन्। दुई महिनादेखि आश्रममा उपचार गराइरहेका छौं। विकास को स्वास्थ्यमा क्रमिक सुधार आएको छ।’
‘घटनालगत्तै खोजी हुनुपर्थ्यो, सुरुमा प्रहरीले चासो नै दिएन’, अधिकारकर्मी टेकेन्द्र विश्वकर्मा भन्छन्, ‘दोषी भागेसकेपछि गाउँमा प्रहरी पुगेर कसरी पत्ता लाग्छ?’
ऐलानी जग्गा भएका स्थानीयलाई तीन प्रकृतिमा विभाजन गरेर क्षतिपूर्तिवाफत मुआब्जा वितरण गर्न लागिएको हो। आयोजनाबाट भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाको करिब ३२ हेक्टर जग्गा डुबानमा पर्छ।
मंसिर ५ गते मात्रै उनले मुगुको सोरु गाउँपालिका–४ लिब्रकी १८ वर्षीया रमिला मल्ला (सुन्तली)सँग अन्तरजातीय विवाह गरेका थिए। विवाहपछि उनीहरु सर्केगाडमै अर्को गाउँमा लुकेर बसेका थिए। माइती पक्षले केही गर्दैनौं...
तर, प्रतिबन्धबीच जनपक्षीय उम्मेदवार बने र विरेन्द्रनगरको मेयरमा निर्वाचित भए, पूर्णबहादुर खड्का। प्रतिबन्धित राजनीतिक दलको व्यक्ति स्थानीय निकायको प्रमुख भएको पञ्चायतलाई मन परेन।
बर्सेनि बाढी, पहिरो र आगलागीबाट कर्णाली प्रदेशमा सयौं नागरिक घरबारविहीन हुन्छन्। तर स्थानीय, प्रदेश र केन्द्र सरकार पुनर्स्थापनाका कार्यक्रमहरु ल्याउन नसक्दा वर्षाैंसम्म पीडितहरु पीडित नै भएर बस्नुपर्ने बाध्यता छ।
संस्थापन इतर (रामचन्द्र पौडेल) समूहलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरिएको छ। संस्थापनपक्षीय कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
तीन दलिय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच सहमति जुटेको छैन। कुन पार्टीले कति र कुन मन्त्रालय लिने भन्नेमा दलहरुबीच विवाद छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनेहरुमा पूर्वमन्त्रीदेखि वर्तमान पार्टी सभापति छन्। संस्थापन इतर समूहबाट उम्मेदवार बनेका पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमै पराजित भए।
‘नीति निर्माण र निर्णायक ठाउँमा कर्णाली अटाएन भने प्रदेशमा एमाले कमजोर बन्छ,’ शाहीले भने, ‘बरु चुनाव लड्ने परे परोस् तर कर्णालीबाट पदाधिकारी नलिइ छोड्दैनौं।’