बिहीबार, वैशाख १३, २०८१

परीक्षणको कसीमा देउवाका पदीय उत्तराधिकारी पूर्णबहादुर

तर, प्रतिबन्धबीच जनपक्षीय उम्मेदवार बने र विरेन्द्रनगरको मेयरमा निर्वाचित भए, पूर्णबहादुर खड्का। प्रतिबन्धित राजनीतिक दलको व्यक्ति स्थानीय निकायको प्रमुख भएको पञ्चायतलाई मन परेन।
 |  शुक्रबार, पुस २, २०७८

देव राना

देव राना

शुक्रबार, पुस २, २०७८

सुर्खेत- कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई पार्टीमा उत्तराधिकारीका रुपमा स्थापित गर्न खोजेको देखिएको छ। चाैधौं महाधिवेशनमा समूहमा अति निकट रहेका भनिएका नेतालाई अघि नसारी पूर्णबहादुर खड्कालाई पार्टीको उपसभापतिमा निर्वाचित गराएर देउवाले उनलाई उत्तराधिकारी बनाउन खोजेको प्रस्ट भएकाे हो। यद्यपि खड्का लामो अनुभवले खारिएका परिपक्व राजनीतिज्ञ हुन्।

triton college

यसअघि खड्काको राजनीतिक परिपक्वताको परीक्षण गर्दै आएका देउवाले उनलाई चाैधौं महाधिवेशनमा आफ्नाे समूहबाट चुनाव लडाएका थिए। उपसभापतिको निर्वाचनमा खड्काले दुई हजार एक सय २१ मत ल्याएर विजयी भएका छन्। आफूलाई  कठिन परिस्थितिमा साथ दिने नेतामध्येमा परेकाले खड्का देउवाको रोजाइमा परेको धेरैको बुझाइ छ। खड्का सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुयायी मानिन्छन्।

२०५९ सालमा पार्टी विभाजन हुँदा खड्का कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य थिए। खड्कालाई कांग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा देउवाले नै केन्द्रीय समितिमा ल्याएका थिए। उनी पार्टी समायोजनपछि भएको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए।  

पूर्णबहादुर खुमबहादुर खड्का समूहमा रहेर राजनीतिमा सक्रिय थिए। खुमबहादुरकाे निधनपछि देउवाले पूर्णबहादुरलाई २०७५ वैशाख २१ मा महामन्त्रीमा मनोनीत गरेका थिए। खड्का पार्टीको कठोर अनुशासनमा बसेको नेताका रुपमा चिनिन्छन्। 

तत्कालीन राजाले उनलाई पञ्चायतको समर्थन गर्न अफर दिए। खड्काले मानेनन्। दबाब दिए। त्यो पनि अस्वीकार गरे। पञ्चायतले प्रतिबन्ध लगाएको दलबाट स्थानीय निकायको प्रमुख हुनु र राजाले दिएको अफर अस्वीकार गरेपछि तत्कालीन शासक आक्रोशित हुनु स्वाभाविकै थियो।

पूर्णबहादुरको कांग्रेसमा संलग्नता र योगदानकाे सूची भने लामै छ। यसबारे थाहा पाउन पञ्चायततिर फर्कनुपर्छ। 

corrent noodles
Metro Mart

नेपाली कांग्रेस पञ्चायतविरुद्धको संघर्ष थियो। राजनीतिक दलहरुमाथि प्रतिबन्ध थियो। पञ्चायतविरुद्ध बोल्ने आँट कमैले गर्थे।प्रतिबन्धबीच जनपक्षीय उम्मेदवार बने र वीरेन्द्रनगरको मेयरमा निर्वाचित भएका थिए खड्का। प्रतिबन्धित राजनीतिक दलको व्यक्ति स्थानीय निकाय प्रमुख भएको पञ्चायतलाई मन नपर्नु स्वाभाविकै थियो।

कांग्रेसले २०३६ सालमा जनमत संग्रहमा भाग लिने निर्णय गर्दा पूर्णबहादुर वीरेन्द्रनगरको मेयर भइसकेका थिए। तत्कालीन राजाले उनलाई पञ्चायतको समर्थन गर्न अफर दिए। खड्काले मानेनन्। दबाब दिए। त्यो पनि अस्वीकार गरे। पञ्चायतले प्रतिबन्ध लगाएको दलबाट स्थानीय निकाय प्रमुख हुनु र राजाले दिएको अफर अस्वीकार गरेपछि तत्कालीन शासक आक्रोशित हुनु स्वाभाविकै थियो।

मेयरमा निर्वाचित भएको छ महिनामा नै उनलाई पदबाट अपदस्थ गर्न जिल्ला अदालत सुर्खेतले आदेश दियो। खड्का पद गुमाउन तयार भए, तर पञ्चायतविरुद्धको संघर्ष छोडेनन्। उनलाई जेल चलान गरियो। उनले राजनीतिक यात्राको सुरुमै नामजस्तै पूर्ण र परिपक्व निर्णय लिएका थिए।

बीपीको प्रेरणाबाट कांग्रेसमा होमिएका खड्का २०३४ सालमा नेपाली कांग्रेस सुर्खेतको सभापति भइसकेका थिए। २०१० सालमा सुर्खेतमा जन्मिएका खड्काले २४ वर्षको उमेरमै जिल्लाको नेतृत्व सम्हाले। उति बेला आलोकाँचो उमेरका खड्कामाथि धेरैले विश्वास गर्न सकेका थिएनन्। तर पञ्चायतको दमनविरुद्ध संघर्ष गर्ने निर्णय गरेर आफ्नो परिपक्वता प्रदर्शन  गरेका थिए। जीवनको ऊर्जाशील समय पार्टी र समाजप्रति समर्पित गरेको खड्का अहिले कांग्रेसको केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन्।

राजनीतिमा संलग्न हुनुमा पारिवारिक प्रभाव पनि थियो खड्कामा। पिता जिल्ला पञ्चायतको उपसभापति थिए। सोहीबाट प्रभावित पूर्णबहादुर ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा सक्रिय भए।

खड्का अहिले सभापति शेरबहादुर देउवाको रणनीतिक योजनाकारसमेत मानिन्छन्। राजनीतिमा लागेको पाँच दशकपछि पूर्णबहादुर कांग्रेसको दोस्रो वरीयताको नेता बनेका हुन्। तर उनलाई सजिलो भने छैन। संगठन र देउवाको जग बनाउन काम गरिरहेका नेताहरुलाई समेट्नुपर्ने र देउवा समूहलाई एकबद्ध गर्नुपर्ने चुनौती पूर्णबहादुर सामु छ। देउवाले पछिल्लो समय प्रकाशमान सिंहसँग गठबन्धन गरेपछि उनलाई टिम एकै ठाउँमा अड्याउन कठिन देखिन्छ।

राजनीतिक आन्दोलनका क्रममा पटकपटक हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्र थिए। भट्टराईलाई आदर्श मान्ने उनी पार्टीभित्र निष्ठावान् नेताका रुपमा परिचित छन्। अहिले पनि घरीघरी ललितपुरको बाँडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर किसुनजीप्रति श्रद्धा प्रकट गर्दै आएका छन्। कांग्रेस उपसभापतिमा निर्वाचित भएपछि पनि खड्का बाँडेगाउँ पुगे।

देउवाले उनलाई सरकार सञ्चालनका लागि गठित गठबन्धन दलहरुको ‘हाइकमान्ड’ को जिम्मेवारी दिएका छन्। यस्तै क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गरे।  

१२ औं महाधिवेशनमा सहमहामन्त्री भएका पूर्णबहादुर १३ औं महाधिवेशनमा महामन्त्री भए। १४ औं महाधिवेशनमा उनी मनोनीत हुँदा पनि निर्वाचित महामन्त्रीभन्दा बढी सक्रिय थिए। 

संसदीय निर्वाचनमा उनको अपराजित यात्रामा उनलाई २०७४ सालमा दुई कम्युनिस्ट पार्टीको गठबन्धनले धक्का लगाइदियो। २०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए खड्का। २०६४ सालमा भएको चुनावपछि समनुपातिक सांसद बने।

२०७० सालको चुनावमा पनि निर्वाचित भएका थिए खड्का। पाँच पटक संसदीय निर्वाचन जितेका पूर्णबहादुर दुईपटक गृहमन्त्री भए। युवा तथा खेलकुदमन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्यमन्त्री भएका थिए। पूर्णबहादुर पार्टीको १० औं महाधिवेशनमा सुशील कोइरालासँग केन्द्रीय सदस्यमा पराजित भएका थिए। त्यस समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जनामात्रै केन्द्रीय सदस्य प्रावधान थियो। 

कांग्रेसको १२ र १३ औं महाधिवेशन उनका लागि महत्त्वपूर्ण रह्यो। १२ औं महाधिवेशनमा सहमहामन्त्री भएका पूर्णबहादुर १३ औं महाधिवेशनमा महामन्त्री भए। १४ औं महाधिवेशनमा उनी मनोनीत हुँदा पनि निर्वाचित महामन्त्रीभन्दा बढी सक्रिय थिए। अब खड्काले आफ्नो  राजनीतिक अनुभव कांग्रेसको सुधारमा लगाउँछन् या कुनै गुटमा लागेर त्यसमै सीमित हुन्छन् भनेर चाहिँ केही समय पर्खनैपर्छ।

प्रकाशित: Dec 17, 2021| 13:36 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...