शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • चन्द्रे कामी बेपत्ता प्रकरण : सात दिनसम्म क्लु नभेटेपछि प्रहरीले बढायो अनुसन्धानको दायरा

चन्द्रे कामी बेपत्ता प्रकरण : सात दिनसम्म क्लु नभेटेपछि प्रहरीले बढायो अनुसन्धानको दायरा

‘घटनालगत्तै खोजी हुनुपर्थ्यो, सुरुमा प्रहरीले चासो नै दिएन’, अधिकारकर्मी टेकेन्द्र विश्वकर्मा भन्छन्, ‘दोषी भागेसकेपछि गाउँमा प्रहरी पुगेर कसरी पत्ता लाग्छ?’
 |  मंगलबार, पुस ६, २०७८

देव राना

देव राना

मंगलबार, पुस ६, २०७८

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रे कामीले बेपत्ता भएको हप्ता आज दिन पुग्यो। मंसिर २९ गतेसम्म चन्द्रे बेपत्ता छन्। अन्तरजातीय विवाह गरेकै कारण उनी बेपत्ता छन्।

triton college

मंसिर ५ गते उनले मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी रमिला मल्ल(सुन्तली) सँग विवाह गरेका थिए। २९ गते मध्यराति सुन्तलीलाई लिन माइतीपक्ष चन्द्रेको घर पुगेका थिए। सोही रातदेखि चन्द्रे बेपत्ता छन्। चन्द्रेका आफन्तहरुले माइती पक्षले उनलाई बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन्।

चन्द्रे बेपत्ता हुनु र सुन्तलीलाई लिन गएका व्यक्ति पनि फरार हुनुले घटना रहस्यमय बनेको छ। हप्ता दिन बितिसक्दा पनि चन्द्रेको अत्तोपत्तो छैन। सुन्तली लिन चन्द्रेको घर पुगेका १३ मध्ये १२ जना फरार छन्। सुन्तली र उनका बुवा वीरबहादुर मल्ल प्रहरीको नियन्त्रणमा छन्। वीरबहादुरले चन्द्रेलाई घरमा छोडेर सुन्तलीलाई मात्रै खोसेर ल्याएको प्रहरीलाई बयान दिएका छन्। चन्द्रेलाई घरमै छोडेको भन्नु तर माइती पक्ष फरार हुनुले घटनाप्रति थप शंका उब्जिएको छ।

घटना अनुसन्धानमै रहेका कारण केही भन्न सक्ने अवस्था छैन। चन्द्रे आफैं लुके वा माइती पक्षले बेपत्ता बनाए भनेर अनुसन्धानको विषय बनेको छ। अधिकारकर्मीले पनि चन्द्रेको अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन्। ‘घटनालगत्तै खोजी हुनुपर्थ्यो, सुरुमा प्रहरीले चासो नै दिएन’, अधिकारकर्मी टेकेन्द्र विश्वकर्मा भन्छन्, ‘दोषी भागेसकेपछि गाउँमा प्रहरी पुगेर कसरी पत्ता लाग्छ?’ घटनाबारे जानकारी पाउँदा पनि प्रहरीले सुरुवातदेखि नै लापरबाही गरेको उनको आरोप छ। ‘पुस १ गते नै प्रहरीले घटनाबारे खबर गरेका थिए, चार दिनपछि मात्रै प्रहरी गाउँ पुग्यो’, उनी भन्छन्, ‘भोलिपल्ट नै खोजेको भए चन्द्रेको अवस्था पत्ता लाग्थ्यो, माइती पक्ष पनि प्रक्राउ पर्थे, प्रहरीले त्यसो गरेन।’

 ‘चन्द्रलाई खोज्न गाउँ पुगेको टोलीसम्म निरन्तर सम्पर्कमै छु, चन्द्रेको कुनै क्लु केही पत्तो लागेको छैन।’

शनिबारदेखि जिल्ला प्रहरी कार्यालय हुम्ला, मुगु, तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट प्रहरी टोली परिचालन छ। ‘६ दिनदेखि ३५ जनाभन्दा बढी प्रहरी चन्द्रेको खोजीमा छन्’, प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले भने, ‘सम्भावित ठाउँमा खोजिसकिएको छ, अहिलेसम्म अत्तोपत्तो लागेको छैन।’ चन्द्रेको खोजीमा हुम्लाका डीएसपी हेरम्भ शर्मासहितको टोली गाउँमा परिचालित छ। प्रहरीले चन्द्रेको जैर, दिदीको घर भएको स्थान रिप, सुन्तलीको माइती गाउँ लिप्रु लगायतका गाउँमा प्रहरीले खोज तलासी गरिसकेको छ।

corrent noodles
Metro Mart

चन्द्रेको अवस्थाबारे प्रहरीले कुनै क्लु पाएको छैन। ‘चन्द्रलाई खोज्न गाउँ पुगेको टोलीसम्म निरन्तर सम्पर्कमै छु, चन्द्रेको कुनै क्लु केही पत्तो लागेको छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रहरी टोली जिल्ला सदरमुकाम नफर्किंदासम्म केही भन्न सक्ने अवस्था छैन।’

चन्द्रेको खोजीका लागि साधा पोसाकमा समेत प्रहरी परिचालित छ। अधिकारकर्मीहरुले तत्काल चन्द्रेको अवस्था सार्वजनिक गर्न माग गरेपछि प्रहरीलाई दबाब परेको छ। दबाबकै कारण हुम्लाका डीएसपी शर्मा आफैं चन्द्रेको खोजीमा गाउँ पुगेका छन्। हुम्लाको प्रहरी टोलीलाई सघाउन मुगुबाट पनि प्रहरी परिचालन गरिएको छ।

तर न चन्द्रेको अवस्था पत्ता लागेको छ न त सुन्तलीलाई लिन गएका व्यक्तिहरु पक्राउ परेका छन्। चन्द्रेको खोजी गर्न गाउँ पुगेको प्रहरी टोलीले मंगलबार तीन वटा छुट्टाछुट्टै ठाउँमा निगरानी बढाएको छ। हुम्लाका डीएसपी हमालका अनुसार एउटा टोली चन्द्रेको दिदीको घर भएको ठाउँ रिप, अर्काे टोली सुन्तलीको माइती गाउँ लिप्रुकी र अर्काे टोली कर्णाली नदी किनारमा खटिएको हो। 

गाउँमा चन्द्रेको अवस्था पत्ता नलागेपछि प्रहरीको एउटा टोली कर्णाली नदी किनारमा झरेको हो। माइती पक्षले मारेर नदीमा फाले कि भन्ने शंकामा प्रहरीले नदी किनारमा पुगेर खोजी थालेको छ।

यस्तो छ, घटनाको फेहरिस्त

मुगुको सोरु गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिका सिमाना जोडिएका स्थानीय तह हुन्। मुगुका डीएसपी सुवास हमालका अनुसार चन्द्रेको गाउँबाट सुन्तलीको माइतीमा पुग्न झण्डै चार घण्टा लाग्छ। लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले मंसिर ५ गते भागी विवाह गरे। माइती पक्षबाट आक्रमण हुने डरले २० दिनसम्म लुकेर बसे। चन्द्रेले सुन्तलीलाई हुम्लाकै सर्केगाड–२ को रिप गाउँमा पुर्‍याए। रिपमा चन्द्रेका आफन्तहरु छन्।

घटनापछि माइती पक्ष शान्त भएको अनुमान गरेर मंसिर २४ गते घर फर्किए। केही दिनमै माइती पक्षले उनीहरु घर फर्किएको जानकारी पाए। २९ गते राति चन्द्रेको घर गए। स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार स्थानीय सबैको घरमा ताला लगाएर चन्द्रेको घर घेरे। मध्यरातमा चन्द्रेको परिवारलाई बोल्नसमेत दिएनन्। चन्द्रे र सुन्तलीलाई घरबाट निकाले। घटनापछि सुन्तली माइतमा भेटिइन्। तर चन्द्रे बेपत्ता छन्। चन्द्रेले प्रयोग गर्ने मोबाइल स्विच अफ छ। 


प्रकाशित: Dec 21, 2021| 16:10 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।