सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस कर्णालीको अधिवेशन पौडेल समूहद्वारा बहिष्कार, देउवा समूह भन्छ– डोलीमा राखेर ल्याउन सकिएन

कांग्रेस कर्णालीको अधिवेशन पौडेल समूहद्वारा बहिष्कार, देउवा समूह भन्छ– डोलीमा राखेर ल्याउन सकिएन

संस्थापन इतर (रामचन्द्र पौडेल) समूहलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरिएको छ। संस्थापनपक्षीय कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
 |  बिहीबार, मंसिर १६, २०७८

देव राना

देव राना

बिहीबार, मंसिर १६, २०७८

सुर्खेत - नेपाली कांग्रेसको प्रदेश अधिवेशन कर्णालीमा पनि बिहीबारदेखि सुरु भएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा सुरु भएको अधिवेशनको औपचारिक उद्घाटन गरिएको छ। 

National life

संस्थापन इतर (रामचन्द्र पौडेल) समूहलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरिएको छ। संस्थापनपक्षीय कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।

आफूहरुलाई जानकारी नै नदिएको भन्दै उद्घाटन कार्यक्रममा पौडेल समूहका कुनै पनि नेताहरु सहभागी भएनन्। ‘उद्घाटन कार्यक्रममा पत्र पनि आएन, कुनै माध्यमबाट खबर पनि भएन,’ पौडेल पक्षीय कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘मैले त उहाँ (संस्थापन) समूहको भेला होला भन्‍ने ठानेको थिएँ, उद्घाटन पो रहेछ।’ आफूहरुलाई कुनै जानकारी नदिएर कार्यक्रम उद्घाटन गरेको उनको आरोप छ।संस्थापन इतर समूहकै पूर्व पार्टी सभापति कमलराज रेग्मी पनि उद्घाटन कार्यक्रममा सहभागी भएनन्।\

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको उद्घाटन गर्दै। 

‘आज प्रदेश भेला हुन्छ भन्ने त थाहा थियो तर कहाँ र कति बेला उद्घाटन हो भन्ने एकीन थिएन’ रेग्मीले भने, ‘म साथीहरुसँग छलफलमै थिए, उत्ता उद्घाटन नै भैसकेछ।’ संस्थापन समूहले आफूहरुलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरेको उनको आरोप छ। 

Laxmi sunrise bank
kumari

यता संस्थापन समूहले भने बाइपास नभई पौडेल समूहले कार्यक्रम नै बहिस्कार गरेको दाबी गरेको छ। ‘उद्घाटन कार्यक्रमलाई खबर गर्ने भन्दा पनि नेताहरुले व्यवस्थापन गर्ने विषय हो,’ संस्थापन समूहका एक नेताले भने, ‘उहाँहरु (पौडेल पक्षीय नेताहरु)लाई लिन डोली लिएर आउन जान सकिएन, उहाँहरु नआउनु भएको मात्रै हो।’

पौडेल पक्षीय नेताहरुले जानाजान उद्घाटन कार्यक्रममा सहभागी नभएको संस्थापन समूहको दाबी छ। कर्णालीमा प्रदेश अधिवेशनको व्यवस्थापन र सम्पन्न गर्ने सम्पूर्ण अधिकारी काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिइएको छ। शाही संस्थापन पक्षिय नेता हुन्।

प्रकाशित: Dec 02, 2021| 16:55 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।