सुर्खेत- राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
गठबन्धनका उम्मेदवारहरु कांग्रेसकी दुर्गाकुमारी गुरुङ, माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा निर्वाचित बनेका हुन्।
गुरुङले २ हजार ९७०, विष्ट र बोहोराले समान ३ हजार ६ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए।