बिहीबार, चैत ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, कोको बन्दैछन् मन्त्री?

कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, कोको बन्दैछन् मन्त्री?

मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
 |  आइतबार, माघ २३, २०७८

देव राना

देव राना

आइतबार, माघ २३, २०७८

सुर्खेत– कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयार भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना सांसदलाई मन्त्री बनाउने तयारी भइरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

health

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउने तयारी छ। बुढा अघिल्लो सरकारमा पनि सामाजिक मन्त्री थिए भने शाही संसदीय दलका सचेतक हुन्। मुख्यमन्त्री कार्यालयका अनुसार बुढालाई सामाजिक विकास र शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने लागिएको हो।

माओवादीले जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका छिरिङ दमदोल लामा ‘कार्चेन लामा’लाई मन्त्री बनाउने तयारी गरेको छ। सिंह प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष हुन् भने लामा गैरसंसद हुन्। सिंह ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री र लामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्दैछन्।

केन्द्रीय नेतृत्वसँग छलफल गरेरमात्रै सरकारमा सहभागितबारे टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले बताए।

सत्तारुढ गठबन्ध दल नेकपा (एकीकृत समाजवादी) सरकारमा मन्त्री पठाउने कि नपठाउने भन्नेमा अन्योलमा छ। समाजवादीले तीन मन्त्रालय नपाएपछि रुष्ट छ। केही दिनअघि केन्द्रीय नेतृत्वले गरेको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ३, माओवादीले ३ र समाजवादीले २ मन्त्रालय लिने सहमति भएको थियो। तर केन्द्रीय गठबन्धनले गरेको निर्णयप्रति समाजवादी सहमत छैन। यही कारण समाजवादीले सरकारमा कसलाई पठाउने भन्नेमा निर्णय गर्न नसकेको हो। 

केन्द्रीय नेतृत्वसँग छलफल गरेरमात्रै सरकारमा सहभागितबारे टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले बताए।

गत कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री शाहीले यसअघि कात्तिक ३० गते समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र मंसिर १४ गते माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइसकेका छन्। मन्त्रालय भागबन्डा नमिल्दा तीन महिनासम्म सरकारले पूर्णता पाएको छैन।


प्रकाशित: Feb 06, 2022| 16:56 आइतबार, माघ २३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।