शनिबार, साउन १२, २०८१

कांग्रेस अधिवेशन : सुर्खेतमा देउवा समूहको 'क्लिन स्विप'

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनेहरुमा पूर्वमन्त्रीदेखि वर्तमान पार्टी सभापति छन्। संस्थापन इतर समूहबाट उम्मेदवार बनेका पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमै पराजित भए।
 |  बुधबार, मंसिर ८, २०७८

देव राना

देव राना

बुधबार, मंसिर ८, २०७८

सुर्खेत- नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटमा संस्थापन (शेरबहादुर देउवा) समूहले क्लिन स्विप गरेको छ। संस्थापन इतर (रामचन्द्र पौडेल) समूहबाट महाधिवेशन प्रतिनिधिका सबै उम्मेदवार पराजित भएका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सबै उम्मेदवार पराजित भएसँगै पौडेल समूह आगामी जिल्ला नेतृत्वको प्रतिस्पर्धाबाट नै बाहिरिएको छ। कांग्रेसको महाधिवेशन विधान अनुसार दुई निर्वाचन क्षेत्र हुने जिल्लाहरुमा पार्टी सभापतिको उम्मेदवार बन्‍ने केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्‍नुपर्ने प्रावधान छ। प्रतिनिधिसभापतर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा जिल्ला नेतृत्वका लागि १० गते जिल्ला अधिवेशन हुँदैछ।

triton college

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनेहरुमा पूर्वमन्त्रीदेखि वर्तमान पार्टी सभापति छन्। संस्थापन इतर समूहबाट उम्मेदवार बनेका पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमै पराजित भए। जोशी यसअघि तीन पटकसम्म मन्त्री बनिसकेका छन्। बस्याल एक पटक स्वास्थ्य राज्य मन्त्री बनेका थिए। दुबै जनाले सुर्खेत क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए।

खुल्लातर्फ दश जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका जोशीले ३१० मत ल्याएर १३ औं नम्बरमा पुगे। दलिततर्फ केन्द्रीय महाधिवेशनमा उम्मेदवार बनेका बस्याललाई लोकबहादुर विश्वकर्माले पराजित गरे। ४७३ मत ल्याएर विश्वकर्मा विजयी हुँदा बस्यालले ३०२ मत मात्रै पाए। त्यस्तै निवर्तमान पार्टी सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भए। उनी १४ औं महाधिवेशनमा पुनः सुर्खेतको पार्टी सभापतिमा दोहोरिने चर्चा थियो। रेग्मीले ३२० मत ल्याए पनि जितका लागि पर्याप्त भएन।

प्रतिनिधिसभापतर्फ क्षेत्र नम्बर १ मा झकबहादुर डाँगी र क्षेत्र नं. २ मा इन्द्र रावलको पुरै टिम विजयी भएको छ। 

यी हुन् सुर्खेतका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु 

Metro Mart
vianet

यस्तै क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्का, अमृत शाही, खगिसरा आचार्य, खड्कबहादुर पोखरेल, ऋषिप्रसाद शर्मा, हरिप्रसाद शर्मा, देववबहादुर चन्द, मैना विक, नरहरि भट्टराई, धनकुमारी बुढा (योगी), उदय गिरी, हिरामणि सुनार, लक्षिदत्त पौडेल, खिमानन्द ढकाल, टोपबहादुर टंलामी, बलिमाया बुढा, कर्णबहादुर रानाक्षेत्री, भुपेन्द्रकुमार रोकाया, डिल्लीप्रसाद अर्याल, सरस्वती शाह (सिंह), रेणु आचार्य, कर्णबहादुर चन्द, झकबहादुर डाँगी, उदे कामी र बागविर दमाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

त्यस्तै क्षेत्र नं. २ बाट श्यामकुमार भारती, जानकी सिंह, धनादेवी विष्ट, मुक्तिदेवी पुरी, रुकमणि रेग्मी, डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, उपेन्द्रबहादुर थापा, कलमबहादुर खड्का, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तिर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का, जयमाला योगी, हजुरा शाही, पूर्णबहादुर राना, अमृता पुलामी मगर, लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी र सतार बक्स भारती निर्वाचित भएका छन्।


प्रकाशित: Nov 24, 2021| 18:22 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।