शुक्रबार, वैशाख १४, २०८१

सरकारले शान्ति भंग गरेको विप्लव समूहको आरोप, विद्रोहको चेतावनी

'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
 |  मंगलबार, पुस १३, २०७८

देव राना

देव राना

मंगलबार, पुस १३, २०७८

सुर्खेत- नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले शान्ति भंग गर्न खोजेको आरोप लगाएको छ। पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न खोजेको आरोप लगाए। '२२ सय साथी (कार्यकर्ताहरु) अहिले पनि बन्दी छन्, झुटा मुद्दा लगाइएका छन्,’ उनले भने, 'सहमति कार्यान्वयन नगरेर राज्यले शान्ति भंग गर्ने दिशामा अग्रसर छ।’

triton college

कार्यकर्ताहरुलाई रिहा नगरेर पहिलो केपी शर्मा ओली र अहिले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले शान्ति भंग गर्न खोजेको उनको आरोप छ। 'पहिले ओलीजीले शान्तिभंग गर्ने हर्कतहरु अगाडि बढाउनु भयो, अहिले देउवा सरकार पनि त्यो भन्दा पृथक हुन सकेरहेको छैन,’ उनले भने, 'सायद अब सरकारले शान्ति भंग गर्दैछ अथवा तीन बुंदे सहमतिको उल्लंघन गर्दछन्।’

'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
सहमति कार्यान्वयन गर्दैनौ पनि नभन्‍ने र कार्यकर्ताहरुलाई पनि रिहा नगर्नेुको अर्थ सरकारले शान्ति भंग गर्न खोजेको पुष्टि भएको उनले प्रष्ट पारे। अब अन्तिम पटक सरकारमा सामेल र प्रतिपक्षमा रहेका दलहरुसँग आग्रह गर्ने यदि सहमति कार्यान्वयन नभएमा त्यसको प्रतिवाद हुने उनले चेतावनी समेत दिए।

'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।

सहमित गरेपछि कार्यान्वयन गर्नुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गर्दै उनले सहमति नभए राज्य र राज्य सञ्चालकहरुलाई ठूलो क्षति पुग्ने जिकिर गरे। 'सहमित कार्यान्वयन गर्न फेरि पहल गर्छौं, भएन भने आगामी संघर्ष गरौँला,’ उनले थपे, 'सहमति कार्यान्वन नभएर विद्रोह हुनेछ। त्यसको सरकार र राज्य सञ्चालकलाई ठूलो क्षति पुग्छ।’

आफूहरु हारेर नभई देशमा चरम संकट पैदा भएपछि मुलुकलाई क्रान्तिकारी निकास दिन सरकारसँग तीन बुँदे सहमति गरेको उनको जिकिर थियो। गत फागुन २० गते तत्कालीन सरकारले विप्लवका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत तीन बुँदे सहमति गरेको थियो। सहमतिसँगै विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किएको छ। तर घटनासँग जोडिएका विप्लव कार्यकर्ताहरु रिहा भएका छैनन्।

corrent noodles
Metro Mart

एक अर्को प्रंशगमा उनले मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाति परियोजना भएको जिकिर गरे। 'एमसीसी परियोजना नेपाल माथिको अमेरिकी हस्तक्षप हो,’ उनले भने, 'नेपाल र नेपाली जनताको लागि यो राष्ट्रघाति छ।’

एमसीसी परियोजना अहिलेसम्म भएका राष्ट्रघाति सम्झौताभन्दा सबैभन्दा खतरानाक रहेको उनको तर्क थियो।'एमसीसी परियोजना इतिहाँसमा भएका सबै राष्ट्रघाति सम्झौताहरुलाई मात गर्ने सम्झौता हो, अमेरिकीहरुको नेपालमाथिको हस्तक्षप हो,’ उनले भने, 'नेपाली जनता यसकोविरुद्धमा छन्।’


प्रकाशित: Dec 28, 2021| 19:42 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...