मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी सम्पर्कविहीन, माइती पक्ष पनि फरार

अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी सम्पर्कविहीन, माइती पक्ष पनि फरार

मंसिर ५ गते मात्रै उनले मुगुको सोरु गाउँपालिका–४ लिब्रकी १८ वर्षीया रमिला मल्ला (सुन्तली)सँग अन्तरजातीय विवाह गरेका थिए। विवाहपछि उनीहरु सर्केगाडमै अर्को गाउँमा लुकेर बसेका थिए। माइती पक्षले केही गर्दैनौं भन्‍ने खबर पठाएपछि मंसिर २४ गते मात्रै उनीहरु घर पुगेको थिए।
 |  शनिबार, पुस ३, २०७८

देव राना

देव राना

शनिबार, पुस ३, २०७८

सुर्खेत- अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवा सम्पर्कविहीन भएका छन्। हुम्लाको सर्केगाड गाउँपालिका–१ नाक्चा गाउँका १९ वर्षका चन्द्रे कामी चार दिनदेखि सम्पर्कविहीन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मंसिर ५ गते मात्रै उनले मुगुको सोरु गाउँपालिका–४ लिब्रकी १८ वर्षीया रमिला मल्ला (सुन्तली)सँग अन्तरजातीय विवाह गरेका थिए। विवाहपछि उनीहरु सर्केगाडमै अर्को गाउँमा लुकेर बसेका थिए। माइती पक्षले केही गर्दैनौं भन्‍ने खबर पठाएपछि मंसिर २४ गते मात्रै उनीहरु घर पुगेको थिए।

Kumaribank

घर आएको थाहा पाए लगत्तै मंसिर २९ गते राति माइतीपक्ष केटाको घरमा पुगेका थिए। रातिको समयमा १०÷१२ जनाको समूहमा त्यहाँ पुगेका माइती पक्षले नै सुन्तलीसहित चन्द्रेलाई लिएर गएको स्थानीले प्रहरीलाई जनाएका छन्। 

'माइती पक्षले नै चन्द्रेलाई बेपत्ता बनाएको खबर छ,’कर्णाली प्रदेशका डीआईजी गणेशबहादर ऐरले भने, 'उनी (चन्द्रे) आफैं सम्पर्कविहीन भए वा बेपत्ता पारिएका यकिन भएको छैन।’

माइती पक्ष गाउँमा पुगेका दिनदेखि चन्द्रे सम्पर्कमा छैनन्। अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले चन्द्रेलाई बेपत्ता पारे वा बालविवाह गरेका कारण उनी आफैं सम्पर्कविहीन भएका हुन् भनेर यकिन भएको छैन। घटनाको सत्यतथ्य बुझ्‍न जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्भ शर्मासहितको प्रहरी टोली शनिबार बिहानै गाउँतर्फ लागेको छ।

सदरमुकाम सिमकोटबाट नाक्चा पुग्‍न झण्डै दुई दिन पैदल हिड्नुपर्दछ। चन्द्रेको खोजतलास गर्न तल्लो हुम्लामा पर्ने चारवटा प्रहरी चौकीलाई पनि त्यसतर्फ खटाइएको छ। त्यस्तै चन्द्रको घरमा पुगेका माइती पक्षको खोजीका लागि मुगुबाट प्रहरी खटिएको छ।

Metro Mart

तर चन्द्रेको घरमा पुगेका भनिएका माइती पक्षका सबै फरार भएका छन्। 'माइतीको गाउँमा पुग्दा केटीलाई मात्रै भेटाएका छौँ,’ मुगुका डीएसपी सुवाश हमालले भने,'चन्द्रेको घरमा पुगेका व्यक्तिहरु कोही पनि भेटिएका छैनन्।’ उनीहरुको खोजी भइरहेको डीएसपी हमालले जनाए। केटी पक्षले भने चन्द्रेलाई आफूहरुले नलिएको दाबी गरेका छन्।

स्थानीयले भने केटी पक्षले नै चन्द्रेलाई बेपत्ता पारेको भनेर प्रहरीलाई खबर गरेका छन्। 'ठूलो जातको केटीसँग विवाह गरेको भन्दै माइती पक्षले केटालाई बेपत्ता पारेको खबर आएको छ,’ डीआईजी ऐरले भने, 'प्रहरी केटाको गाउँ नपुग्दासम्म केही भन्न सकिFदैन।’ घटना नियोजितपूर्ण रहेको भन्दै गहिरो रुपले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 18, 2021| 18:18 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।