मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

बाँकेको ​कोहलपुरस्थित शिक्षण अस्पतालमा एक कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

बाँकेको ​कोहलपुरस्थित शिक्षण अस्पतालमा एक कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।

कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालका सहनिर्देशक डा. नितेश कनोडियाले जानकारी दिए।

रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालबाट शुक्रबार रेफर गरेर ल्याइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवतीको शनिबार बिहान शल्यक्रिया गरिएको हो। आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रसूति विशेषज्ञहरू डा. कविता सिन्हालगायतको टोलीले शल्यक्रिया गरेको र दुई किलो चार सय ग्रामको स्वस्थ शिशुको जन्म भएको कडौडियाले बताए।

एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलको क्वारेन्टिनमा बसेकी महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना संक्रमण पुष्टि भएको थियो।

कोहलपुर मेडिकल कलेजमै यसअघि अछामको बयलपाटा अस्पतालबाट रेफर गरिएकी संक्रमित महिलाको पनि सफल शल्यक्रिया गरिएको थियो ।

प्रकाशित: Jun 20, 2020| 15:21 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।