मंगलबार, भदौ ९, २०८३

होम क्वारेन्टिनमा बसेकी बालिकाको मृत्यु

प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ ।

झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ ।

मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए। बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।

प्रकाशित: Jun 20, 2020| 19:53 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।