मंगलबार, भदौ ९, २०८३

शिक्षासेवी अङ्गुरबाबा जोशीको निधन

शिक्षासेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- शिक्षासेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ।

केही हप्तादेखि छातीमा संक्रण भएपछि उपचाररत् जोशीको शनिबार दिउँसो काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौं डिल्लीबजारकी जोशी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन्।

जोशी युरोपमा उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।

२०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य रहेकी जोशी सामाजिक चेतना विस्तार र शिक्षाको विकासमा सधैँ सक्रिय थिइन्।

जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा आजै अन्त्येष्टि गरिने भएको छ।

प्रकाशित: Jun 20, 2020| 17:45 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।