डोटीमा धारामा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा आदर्श गाउँपालिका ७ नवाघरका मानबहादुर बाघकी २६ वर्षीया पत्नी तुलसी थापा बाघ रहेकी छिन्।
कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेकोले तुलसीको करेन्ट लागेर ज्यान गएको बुझिएको छ।
गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोना सङ्क्रमितहरू पनि पानी भर्न आउन सक्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेको स्थानीय गणेश विष्टले जानकारी दिए।
करेन्ट छोड्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउ लागिएको जानकारी दिए।
गाउँको सार्वजनिक धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोडेर धारामा लगाएपछि धारामा समेत करेन्ट प्रवाह भएको थियो।
मृतक महिला बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता हुन्।