होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मीका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
छत्रकोट गाउँपालिका ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो। मृतक पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो।
उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
प्यारालाइसिसको बिरामी रहेका मृतक जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए।
शव भने नेपाली सेनाले शुक्रबार नै व्यवस्थापन गरिसकेको छ।