मंगलबार, भदौ ९, २०८३

२८ महिने बालिका बलात्कारको आरोपमा एक पक्राउ

रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवेणी गाउँपालिका–७ का ३८ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए।

आरोपितले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ। जेठ २९ गते बालिका बलात्कृत भएको अभिभावकले थाहा पाएपछि ३२ गते प्रहरीमा उजुरी दिएका थिए। बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गुरुङले स्वास्थ्य परीक्षणको रिपोर्टपछि मात्र थप भन्न सकिने बताए।

प्रकाशित: Jun 20, 2020| 16:29 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।