मंगलबार, भदौ ९, २०८३

बसाइँ सरेर आएका कामदारका लागि भारतमा रोजगार योजना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गर्ने घोषणा गरेका छन्। विषेश गरी बसाइँ सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गर्ने घोषणा गरेका छन्। विषेश गरी बसाइँ सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण लकडाउन लागु भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना शुरु गर्नु परेको हो । सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ । यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ ।

कोरोना भाइरसले ग्रमिण क्षेत्रको महत्व र ग्रामिण क्षेत्रलाई आधार बनाउनुपर्छ भन्ने सिकाएको पनि प्रधानमन्त्री मोदीले बताए। शहरबाट गाउँ फर्केकाहरुलाई गाउमै सहयोग गर्नका लागि रोजगार योजनामार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाइ छ ।

क्षमतावान व्यक्तिहरु गाउँमा बसेर काम गरेमा आर्थिक बृद्धिदर तिब्र गराउन पनि ठूलो सहयोग पुग्ने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे। शहरबाट गाउँ गएकाहरुलाई घरनजिकै रोजगारी दिलाउने र गाउँको विकासमा लगाउने सरकारको मुख्य प्राथमिकताको विषय भएको उनले बताए।

प्रधानमन्त्री मोदीले ग्रामिण क्षेत्रको भौतिक विकासमा पनि सरकारले विषेश जोड दिने जानकारी गराउदै गाउँ गाउँमा इन्टरनेट पु¥याईने बताए। गरिब कल्याण रोजगार अभियानको शुरुवात प्रधानमन्त्री मोदीले विहारको कतिहारबाट अनलाईन भिडियोमार्फत् गरेका थिए। उद्घाटन कार्यक्रममा विहार, मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान र झारखण्ड प्रदेशका मुख्यमन्त्रीहरु र उडिसाका मुन्त्री सहभागी थिए।

प्रकाशित: Jun 20, 2020| 20:05 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।