मंगलबार, भदौ ९, २०८३

हिल्सा नाकामा पहिलो पटक सुरक्षा पोष्ट राखियो

नेपाल र चीनको सिमाना हुम्लाको हिल्सा नाकामा सिमा सुरक्षा पोष्ट (बीओपी) राखिएको छ । पहिलो पटक आज औपचारिक कार्यक्रम गरेर बीओपी राखिएको हो ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

नेपाल र चीनको सिमाना हुम्लाको हिल्सा नाकामा सिमा सुरक्षा पोष्ट (बीओपी) राखिएको छ । पहिलो पटक आज औपचारिक कार्यक्रम गरेर बीओपी राखिएको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रजाभक्त श्रेष्ठले बीओपीको औपचारिक उद्घाटन गरेका हुन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीका अनुसार हिल्सामा सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक मोहन बिष्टको नेतृत्वमा २५ जनाको सुरक्षाकर्मी खटिएको छ ।

यसअघि हिल्सामा सिमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सिमामा सुरक्षा दिँदै आएको थियो । माघदेखि जिल्ला फर्किएको यारी भन्सार र अध्यागमनको टोली पनि हिल्सा फर्केको छैन ।

हुम्लाकै नेपाल चीनका सिमा नाकाहरु नाम्खा गाउँपालिकाको लाप्चा, सिमकोट गाउँपालिकाको चुवाँखोला र चंखेली गाउँपालिकाको टाँकेमा भने सिमा सुरक्षा चौकी स्थापना भएका छैनन् ।

प्रकाशित: Jun 20, 2020| 18:23 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।