मंगलबार, भदौ ९, २०८३

भोलि साढे ३ घण्टासम्म सूर्य ग्रहण

सूर्य ग्रहण ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं- भोलि आइतबार नेपाली आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। वरिष्ठ खगोलविद सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौंको आकाशमा ८८ प्रतिशतसम्म सूर्य ढाकिनेछ।

सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यले बताए।

सूर्य ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ। आचार्यले भने, '१२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। त्यतिबेला वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।' 

यति लामो समय (साढे ३ घण्टा) सम्म सूर्य ग्रहण विरलै देखिने आचार्यले बताए। उनका अनुसार नेपालबाट अब यस्तो सूर्य ग्रहण ४४ वर्षपछि मात्र देखिनेछ।

कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने खगोलविद् आचार्यले बताए।

सूर्य ग्रहण हेर्न चाहने सर्वसाधारण तथा विद्यार्थीलाई तक्षशिला एस्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निः शुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको उक्त कलेजले जनाएको छ।

कसलाई शुभ कसलाई अशुभ?

धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्य ग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ। वैज्ञानिकहरु भने सूर्य ग्रहण जोकोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन्। धर्मशास्त्रअनुसार ६ गते राति १० बजेपछि भोजन निषेध गरिएको छ। तर विज्ञानले ग्रहणमा खाना खान निषेध गरेको छैन।

नांगो आँखाले कदापि नहेरौं

खगोलविद् आचार्यका अनुसार चन्द्र ग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ।

आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नष्ट भई सदाका लागि अन्धोसमेत हुन सक्छ। त्यसैले सूर्य ग्रहणका बेला नांगो आँखाले कदापि हेर्न हुँदैन। विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी नहुने आचार्यले बताए।

दान र स्नान गरे विशेष फल मिल्ने विश्वास

धार्मिक समुदायका मानिस ग्रहणका बेला दानदक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गर्छन्। उनीहरु नदी तट वा गंगामा गई स्नान गरी शुद्ध हुन्छन् र सकेकाे दान गर्छन्। तान्त्रिकहरु मन्त्र सिद्ध गराउन ग्रहण लागेका बेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्र साधनासमेत गर्दछन्।

यस्ता छन् ग्रहणसम्बन्धी केही अन्धविश्वास

ग्रहणसम्बन्धी अन्धविश्वास संसारभर नै छ। रोमनहरु ग्रहणका वेला चिच्याउँछन्। चीनमा ग्रहण र ड्र्यागनबीच सम्बन्ध रहेको विश्वास गरिन्छ। प्राचीन मिश्रका राजा आफैं सूर्यवंशी थिए। उनी सूर्य ग्रहणका बेला सहरको मुख्य मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुरा इतिहासमा पाइन्छ।

बालबालिकालाई विज्ञानमा रुचि पैदा गराउने अवसर

साधारण मानिसका लागि ग्रहण अनौठो तथा असाधारण घटना हो। खगोलविद्का लागि आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो। उनीहरु सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको समय उपयोग गर्छन्। साना नानीबाबुका लागि ग्रहण विज्ञानमा रुचि पैदा गराउने अवसर हो।

प्रकाशित: Jun 20, 2020| 14:50 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।