पार्टीभित्रको विवाद सहमतिका आधारमा समाधान गर्न छलफल जारी राख्ने र भोलि आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सुचारु गर्ने निर्णयका साथ सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप आठ जना कोरोना संक्रमित भेटिएका छन् । धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३७ जनाको कोरोना परीक्षण हुँदा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पुर्याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन्।
पाँचथरका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।