बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा १४ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको मिक्लाजुङमा ६ , उर्लाबारीमा २ र बेलबारीमा १ , तेह्रथुमको लालीगुराँसमा २ , झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ ।

प्रदेश १ बाट शनिबार २२ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरंगका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, तेहथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सवै विराटनगरका रहेका छन् । उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।

प्रकाशित: Jul 18, 2020| 16:15 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।