बुधबार, भदौ १०, २०८३

हतियार प्रहार गरेको आरोपमा दुई जना पक्राउ

कैलालीको धनगढीमा धारिलो हतियार प्रहार गरि दुई जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

धनगढी- कैलालीको धनगढीमा धारिलो हतियार प्रहार गरि दुई जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर २ बस्ने २२ वर्षीय दीपेन्द्र भण्डारी छन्। उनीहरुलाई धनगढी उपमहानगरपालिका–३, बडहराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार नेपालीको साथबाट एक थान खुकुरी र भण्डारीको साथबाट एक थान तरवार बरामद गरिएको छ।

उनीहरुले शुक्रबार राति धनगढी उपमहानगरपालिका–१३, राजपुरमा दुई जना युवामाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँका २३ वर्षीय निरज भट्ट र वडा नम्बर ६ का २२ वर्षीय गणेश धामी घाइते छन्।

घटनापछि उनीहरु फरार थिए। घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jul 18, 2020| 13:19 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।