बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आसाममा आएको बाढीका कारण ७६ जनाको मृत्यु, ५४ लाख प्रभावित

आसाममा आएको बाढीका कारण ७६ जनाको मृत्यु, ५४ लाख प्रभावित

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् ।

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।
रासस

प्रकाशित: Jul 18, 2020| 16:26 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।