पार्टीभित्रको विवाद सहमतिका आधारमा समाधान गर्न छलफल जारी राख्ने र भोलि आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सुचारु गर्ने निर्णयका साथ सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।
शनिबार साँझ सकिएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिए ।
केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपा अध्यक्षबाट राजीनामा दिनुपर्ने विषय औपचारिक प्रस्ताव नबनेको र निर्णयार्थ प्रस्तुत नभएको बताउँदै श्रेष्ठले सबैका विचारलाई सम्बोधन गर्नेगरी समस्या सम्बोधन गरिने बताए ।
असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ।
स्थायी कमिटी बैठक लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।