बुधबार, भदौ १०, २०८३

डलर साट्ने बाहनामा १८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

डलर साट्न भन्दै एक जनाबाट १८ लाख रुपैयाँ र साढे पाँच तोला सुन ठगी गरेको आरोपमा पहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- डलर साट्न भन्दै एक जनाबाट १८ लाख रुपैयाँ र साढे पाँच तोला सुन ठगी गरेको आरोपमा पहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँकी २२ वर्षीया पिंकी तामाङ छन्।

धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साट्न भन्दै नगद १८ लाख रुपैयाँ र साढे पाँच तोला सुन लिई ठगी गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई टोखा नगरपालिका–८ बानियाँटारबाट पक्राउ गरेको हो।

उनीहरु दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको प्रहरीले जनाएको छ।

यस्तै पोखरामा एक महिलाबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–२६ भिमशेनथानमा डेरा गरी बस्ने स्याङ्जा वालिङ नगरपालिका–४ की ७४ वर्षीया थमती गुरुङको आधा तोलाको सुनको मारवाडी र औंठी तथा नगद २० हजार रुपैयाँ शुक्रबार राति लुटपाट भएको प्रहरीले जनाएको छ।

बार्दलीमा सुतिरहेको अवस्थामा तीन जनाको समूहले धारिलो हतियार देखाई उनको साथमा रहेको उक्त सुन र नगद लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्नको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 18, 2020| 18:18 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।