बुधबार, भदौ १०, २०८३

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी नियन्त्रणमा

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यात्रुवाहक ३० वटा सार्वजनिक सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नियन्त्रणमा लिएका सवारी साधनलाई शनिबार दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न सम्झाई छाडिएको जानकारी दिए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको छ।

महाशाखाले ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरी सवारीसाधन चेकजाँच गरिरहेको जनाएको छ।

महाशाखाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न,यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्नेजस्ता कार्यहरू गर्न आग्रह गर्दै पाँच सय ५८ वटा भाडाका सवारी साधनलाई सम्झाएको महाखाका प्रहरी उपरीक्षक बामदेव गौत्तमले जानकारी दिए।

प्रकाशित: Jul 18, 2020| 20:12 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।